प्रधानमन्त्रीले नेपाली क्रिष्टीयनमा शुभकामना दिँदै भने-'येशुको त्याग र बलिदान सबैका लागि प्रेरणा'

सोमबार, १० पुस २०७४, १० : ३६
प्रधानमन्त्रीले नेपाली क्रिष्टीयनमा शुभकामना  दिँदै भने-'येशुको त्याग र बलिदान सबैका लागि प्रेरणा'

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु  क्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् ।

क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्- येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ ।

प्रधानमन्त्री देउवाले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको पनि बताएका छन् ।
नेपालमा सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस