कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए वनमन्त्री महतो

सफल खबर संवाददाता

शनिबार, २३ मंसिर २०८०, ११ : ३०
कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए वनमन्त्री  महतो

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको स्पष्ट पारेका छन् । सम्मेलनमा नेपालको बारेमा चर्चा भएकोपनि मन्त्री महतोको भनाइ छ ।

कोप–२८ मा सहभागी भएर मन्त्री महतो आज स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री महतोले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको एकै स्वर रहेको र यस पटक नेपालले आफ्ना एजेन्डा जोडदार रूपमा उठाएको बताए । उनले भने,“यस पटक हामी वान डोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ ।”

मन्त्री महतोले कोप–२८ को पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकोले यस पटक सम्मेलनमा नेपाललाई उच्च प्राथमिकता दिइएको पनि बताए । 

मन्त्री महतोले यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभेलियन भएकोले क्लाईमेट चेन्जका बारेमा प्रभावकारी रूपमा छलफल तथा अन्तरक्रिया गरिएको जनाए । उनकाअनुसार उक्त पेभेलियनमा नेपालका प्रतिनिधिहरू बिहानदेखि बेलुकासम्म व्यस्त भएका थिए । 

मन्त्री महतोले डिसेम्बर ३ मा एडिबीद्धारा आयोजित लञ्च अफ बिल्डिङ एडाप्टेशन एण्ड रिसाईलेन्स टु एचकेजी ईनिसिएटिभ विषयमा सम्बोधन गरेका थिए । यस्तै, डिसेम्बर ३ मा नै लञ्चिङ मेलम्ची डिसास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट कार्यक्रममा पनि मन्त्री महतोले सम्बोधन गरेका थिए । 

डिसेम्बर ५ मा भने मन्त्री महतोले नेपाल्स मिटिगेशन इफोट्र्स ः रोड टु नेट जिरो कार्यक्रममा र स्केलिङ अप इन्भेष्टमेन्ट इन एड्याप्टेशन द्याट लिभ्स नो वन बिहाईण्ड नामक कार्यक्रममा पनि सम्बोधन गरेका थिए । डिसेम्बर ६ मा भने मन्त्री महतोले बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन ः पिपुल, नेचर, एण्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एड्याप्टेशन प्राक्टिस इन नेपाल कार्यक्रममा सम्बोधन गरेका थिए । मन्त्री महतोकाअनुसार कोप २८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि डिसेम्बर ८ सम्म २५ वटा साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा १४ वटा भन्दा बढी साइड इभेन्ट्स हुने पनि उनले जनाए । 

प्रतिक्रिया दिनुहोस