काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी डाइभर्सन बहुउद्देशीय आयोजनाको अवलोकन गरेका छन् ।उनले मंगलवार बिहान अवलोकन गर्दै निर्माणकर्तालाई गुणस्तरीय काम गर्न आग्रह गरे ।
महाकाली–मेची संकल्प यात्राका क्रममा रहेका ओलीले निर्माणको काममा केही ढिलाइ भएको भए पनि अब चाँडो काम सम्पन्न हुने आशा व्यक्त गरे ।भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको जाजरकोट र रुकुमतिर लाग्ने कार्यक्रम छ । भेरी बबई डाइभर्सनको ‘ब्रेक थू्र’ ओली प्रधानमन्त्री भएकै पालामा भएको थियो ।एमालेको मध्यपहाडी संकल्प यात्रा बैतडीको झुलाघाटबाट शुरू भएको हो । पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १४ : ०६
लेखकबाट थप