चितवन। अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको दाबी गरेका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको दाबी गरेका हुन् ।
नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको उनले बताए । 'नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ ।
अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ,' उनले भने, 'समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ ।'
उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन केही समय लाग्ने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको छ, परियोजनाको तयारी गरौँः अर्थमन्त्री महत
महिला सशक्तीकरणका लागि बजेट विनियोजन गरिनेछ : अर्थमन्त्री डा महत
भूकम्प पीडितको उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन गरिएको छ : अर्थमन्त्री डा महत