एजेन्सी । युरोपेली च्याम्पियन्स लिग फूटबल स्पेनिस क्लब रियल म्याड्रिडले लगातार पाँचौ जित दर्ता गरेको छ । घरेलु मैदानमा नापोलीलाई बुधवार राति ४–२ ले पराजित गरेसँगै समूह ‘सी’मा रहेको रियलले ५ खेलमा शतप्रतिशत नतिजा निकालेको हो ।
खेलमा अग्रता नापोलीले लिएको थियो । तर सर्वाधिक १४ पटकको विजेता रियलले पुनरागमन गरेको हो । जिओभानी सिमिओनीले नवौं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए ।
त्यसको दुई मिनेटपछि नै रोड्रिगोले ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । २२ औं मिनेटमा जुडे बेलिंघमले गोल गरेपछि रियल पहिलो हाफमा २–१ ले अघि बढ्यो ।
दोस्रो हाफको ४७ औं मिनेटमा जाम्बो अन्गिसाले नापोलीलाई बराबरीमा ल्याए ८४ औं मिनेटमा निको पाजको गोलमा रियल पुनः अघि बढ्यो । अतिरिक्त समयमा जोसेलुले गोल थप्दै रियलको ४–२ को जित पक्का गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ मंसिर २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपियन च्याम्पियन्स लिग : सिटी र रियलबीच रोमाञ्चक बराबरी
दुई गोलले हारबाट बच्यो रियल