जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको आज विहान मृत्यु भएको छ । अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती तजाबुल खातुनको मृत्यु भएको हो । बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ ।
शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रह्यो । आज विहान उनको मृत्यु भएको छ । उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ ।
मृतक महिलाकी आफन्तहरु अस्पतालमा रोइकराई रहेका छन् । उनीहरुले डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन् । मृतकका देबर मोहमद साकिर राइनले चिकित्सकले गलत ढंगले शल्यक्रिया गरेकाले भाउजुको मृत्यु भएको आरोप लगाए ।
ब्यथा सुरु भएपछि खातुनलाई उनको आफन्तले जनकपुर ल्याएर बैदेही अस्पतालमा भर्ना गराएको थियो । तर त्यहाँका चिकित्सकले सुत्केरी गराउन नसक्ने भनेपछि आफ्न्तले शुक्रवार दिउँसो प्रादेशिक अस्पताल ल्याए ।
प्रादेशिक अस्पतालका चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाए । आफन्त तयार भएपछि चिकित्स्कले शल्यक्रिया गरेर बच्चा निकाले । तर २४ घण्टा नबित्दै खातुनको मृत्यु भएपछि डाक्टरहरु सम्पर्कविहिन बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १५ : २२
लेखकबाट थप