काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो ।
प्रसाईंका प्रेस संयोजक सज्जन पोखरेले निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि खोधपुछ र अवरोधको प्रयास भएको दाबी गरे । उनले अहिले निवासमै पत्रकार सम्मेलनको तयारी भएको भन्दै आफूहरुले थप धारणा सार्वजनिक गर्न लागेको बताए ।
प्रशासनले प्रसाईले तीनकुनेमा प्रदर्शन गर्न अनुमति नलिएको र जबरजस्ती गरे धरपकड हुने स्पष्ट पारिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति
दुर्गा प्रसाईंलाई अदालतमा पेस
म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै
दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो पठाइयो