सान फ्रान्सिस्को । नायक आर्यन अधिकारीले आफु अभिनित चलचित्र ‘बाँध मायाले’ मायाको परिभाषा दिने खालको भएको बताएका छन् ।
हाल सम्म ५ वटा मूभी खेलिसकेको बताउने अधिकारीको रिलिजल हुँदै गरेको बाँध मायाले तेस्रो मूभी हो । पहिलो मूभीबाटै सफलता पाएका अधिकारीले यो मूभी वास्तविक मायाको परिभाषा दिने खालको भएकोले आफूले खेलेको स्पष्ट पारे ।
शबिर श्रेस्ठको निर्देशन रहेको चलचित्र बाँध मायालेमा आर्यन अधिकारीका साथमा नायिका श्रीष्टी श्रेष्ठ, चर्चित हाँस्य कलाकार राजाराम पौडेल, किशोर खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव–नायकको रुपमा डेब्यु गर्दैछन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायांकन बाबु श्रेष्ठ र द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् ।
पहिलो प्रिमियर सो अष्ट्रेलियाको सिड्नीमा गरेको र दोश्रो सो बे एरीयामा गर्न लागेको बताउँदै नायक अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा आफ्नो मूभीको व्याख्या गर्ने क्रममा प्रेमको परिभाषा समेत दिए । माया भनेको कुनै हिसाब–किताब र संझौता होइन त्यसमा कुनै सोच नै हुँदैन केवल माया हुन्छ । त्यसैको प्रतिक नै मूभी बाँध मायाले भएको अधिकारीको दावी छ । आफ्नो मूभी परिवारका सबै सदस्य बसेर हेर्न मिल्ने बताउँदै अधिकारीले सबैलाई प्रिमियर सो हेर्न आमन्त्रण गरे ।
नायक अधिकारीले आफ्नो मूभी सान फ्रान्सिस्को बे एरियाका दुइ फरक टाउनमा प्रिमियर सो हुने कुरा जानकारी दिए । पहिलो सो: Landmark Twin, Albany( 28th August, २०१८ मंगलबार 6:30 PM) र दोश्रो साउथ बे Serra Theatre, Milpitas (2nd September, २०१८ आइतबार 5PM) मा हुदैछ । त्यसैगरी नेपालका सबै हलहरुमा असोज ५, २०७५ अर्थात 21 September २०१८ का दिन प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस
सागर श्रेष्ठ
मंगलबार, १२ भदौ २०७५, ०८ : १७
लेखकबाट थप