काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
शनिबार काठमाडौँमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार र स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा आवश्यक भूमिका निभाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘जसरी भुईँचालो गयो, एक सय २८ जना हालसम्म निधन भएको खबर छ । धेरै व्यक्ति घाइते हुनुभएको छ । दुःखद घटनाप्रति सबैको तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । सँगै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । अहिलेसम्म पनि त्यसका कतिपय असर बाँकी छन् । उद्धार कार्यमा सरकारले तत्काल सुरक्षा पङ्क्ति पठाइसकेको छ । उद्धार कार्य भइरहेको पनि होला । प्रधानमन्त्री स्वयं पनि जानुभएको छ ।
राहत सहयोग छिटो पुग्नुपर्छ । त्यस क्षेत्रमा भएको भूकम्प र त्यसको असरप्रति दुःख व्यक्त गर्दछु । सबै पीडित परिवारप्रति समवेदना प्रकट गर्दछु । सरकारले कुनै कसर बाँकी नराखी आफ्नो तर्फबाट सकेको सहयोग गराउनुपर्छ ।’ अध्यक्ष नेपालले अब हुनसक्ने क्षतिलाई ध्यानमा राखेर बाँकी काम गर्नुपर्नेमा सरोकारवाला निकायहरू चनाखो हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
महाधिवेशनपछि पार्टीको गति बढ्यो : माधव नेपाल
पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल