भूकम्पले पुर्‍याएको धनजनको क्षतिप्रति दु:खी छु : देउवा

उद्धार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, ०८ : ३९
भूकम्पले पुर्‍याएको धनजनको क्षतिप्रति दु:खी छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा धनजनको ठूलो क्षति भएको खबरले दु:खी भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन्। उनले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन्।

उनले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिएका छन्। 

सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस