टी–२० विश्वकप छनोट

नेपालले पायो १३५ रनको लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १२ : ४९
नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस