काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन् ।बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।
अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए । उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । उनले अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए ।
उनले चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठुला दलको लाचारीपन भएको बताए ।अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरिएको सिके राउतको दाबी