काठमाडौँ। नेपाली कांग्रेस सर्लाहीका जिल्ला कार्यसमिति सदस्य विकास ठाकुरले नेपाली क्रिकेट टिमका लागि पुरस्कारको घोषणा गरेका छन् ।शुक्रवार हुने सेमिफाइनल खेलमा नेपाललाई जीत दिलाउनका लागि सर्वाधिक रन र सर्वाधिक विकेट लिने खेलाडीलाई उनले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
आइसीसी टी–२० विश्वकप छनोट–२०२३ अन्तर्गत शुक्रवार हुने सेमिफाइनल खेलमा नेपालले यूएईसँग खेल्दै छ ।सो खेलमा जीत दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई नगद पुरस्कार दिने उनले घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, १४ : ५६
लेखकबाट थप