काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको छैटौँ विकेट लिएको छ ।
सिंगापुरको छैटौँ विकेट करण केसीले लिएका हुन् । उनले सिंगापुरका ब्याट्सम्यान मनप्रित सिंहलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । मनप्रितले पेभेलियन फर्किनुअघि २६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । करणले लिएको यो दोस्रो विकेट हो ।
मनप्रित आउट हुँदा सिंगापुरले १६.३ ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १० : ४५
लेखकबाट थप