काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।आइतवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर पत्रकार सम्मेलनमा सहभागी भइसकेपछि गुटेरेसले सभामुख घिमिरेसँग भेटेका हुन् ।
त्यसअघिको पत्रकार सम्मेलनमा गुटेरेसले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंग्याउने क्रममा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकारहरू सम्बोधन हुनुपर्ने बताएका थिए ।
'अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकार तथा मागहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा सघाउन राष्ट्रसंघ तयार छ,' गुटेरेसले भने ।
पत्रकार सम्मेलन अघि उनले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमै भेटेका थिए । प्रधानमन्त्रीसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।
महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।त्यस्तै, उनी आजै ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
कडा चेतावनी दिँदै राष्ट्रसङ्घीय प्रमुखले भने– रफाहको भूमि आक्रमण ‘असहनीय’
प्यालेस्टाइनी शरणार्थीका लागि राहत प्रकरणः राष्ट्रङ्घका महासचिवले गरे यूएनआरडब्लूएबारे स्वतन्त्र प्यानल गठन