काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताएका छन् । भोलि (सोमबार)बाट शुरू हुने टी-२० विश्वकप क्वालिफायरअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली क्रिकेट टिम उत्साहित देखिएको बताए ।
नेपाली टिम राम्रो लयमा रहेको बताउँदै तर, विपक्षीहरूलाई पनि कमजोर आँक्न नहुने उनको भनाइ छ । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनले बताए ।
यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले पछिल्लो समय आफूहरूले राम्रो गरिरहेको भन्दै विश्वकप क्वालिफायरमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे । ‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं,' उनले भने, 'हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं । र यसपाली राम्रो गर्ने विश्वास छ ।
उनले पनि घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर हुने बताए । दर्शकहरूको साथले आफूहरूलाई मोटिभेसन मिल्ने गरेको उनको भनाइ छ । सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने प्रशिक्षक र कप्तान दुवैको भनाइ थियो ।
छनोट खेलमा समूह एको नेपालले सोमबार बिहान ९ बजेट कीर्तिपुर मैदानमा सिंगापुरको सामना गर्दैछ । कात्तिक १४ मा मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।समूह बीमा हङकङ, यूएई, कुवेत र बहराइन छन् ।समूह चरणपछि चार टिमले सेमिफानल खेल्नेछन् । सेमिफाइनल जितेर फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा हुने टी–२० विश्कप खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १३ : ५३
लेखकबाट थप