काठमाडौं। टी-२० विश्व कप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको पहिलो खेल सोमबार सिङ्गापुरसँग हुने भएको हो।
नेपालले दोस्रो खेल कात्तिक १४ गते मंगलबार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ।नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन्। समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।
यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कप खेल्न पाउने छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलिदेखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ ।
नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १० : ५५
लेखकबाट थप