सुशीलको ‘आउट ल’ सेभेन सिजले विदेश प्रदर्शन गर्ने

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १५ : ०८
सुशीलको ‘आउट ल’ सेभेन सिजले विदेश प्रदर्शन गर्ने

काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट ल’ को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालिले लिएको छ । विदेश अधिकारसँगै सह–निर्माताको रुपमा कम्पनि जोडिएको कार्यकारी निर्माता साहिल खानले बताए ।

फिल्मका प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले बताए । रेट्रो ग्रुपको ब्यानरमा निर्माण हुने फिल्ममा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको अभिनय छ ।

एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्मले कानुन नमान्ने पात्रको कथा भन्छ । फिल्म बिक्की महर्जनले निर्देशन गरेका हुन् । फिल्म नवीन गुरुङले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस