एजेन्सी । इजरायलको हवाई आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या २२ सय नाघेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार २ हजार २१५ जनाको मृत्यु भएको छ।
मारिनेहरुमध्ये ७२४ जना बालबालिका छन्। बमबर्साबाट ८ हजार ७१४ घाइते भएको जनाइएको छ। तर, गाजामा घाइतेहरुको राम्रो उपचारको व्यवस्था पनि छैन।
इजरायलले कयौँ अस्पतालहरुमा बम खसाएको छ भने केही अस्पताल खाली गर्न आदेश दिएको छ। त्यसमाथि नाकाबन्दीका कारण औषधि, बिजुली र इन्धनको अभाव हुन थालेको छ।
इजरायलले उत्तरी गाजाका दस लाख बढी जनालाई दक्षिणतिर सर्न २४ घण्टे अल्टिमेटम दिएको थियो। त्यसपछि पैदल बाहिर निस्केका मानिसहरुमाथि पनि पटकपटक हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उत्तरतिरबाट दक्षिणतर्फ सरेका मानिसहरुलाई दक्षिणी गाजाका मानिसहरुले आआफ्नो घरमा स्वागत गरेका छन्। खान युनिस र राफाजस्ता स्थानका हरेक अपार्टमेन्टमा २५–३० मानिस बस्न थालेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा ९० प्यालेस्टिनी बन्दी रिहा
गाजा शहरका विद्यालयहरूमा इजरायली आक्रमण : २५ जनाको मृत्यु