पार्टी भित्रको अराजकतालाई एक इञ्च पनि नस्विकार्न ओलीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, २१ : २७
पार्टी भित्रको अराजकतालाई एक इञ्च पनि नस्विकार्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको पार्टी भित्रको अराजकतालाई एक इञ्च पनि नस्विकार्न  ओलीको निर्देशन अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन्।

अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इञ्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरूलाई निर्देशन दिएका छन्।

शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनवाद मात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, सङ्गठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा हुनै नसक्ने बताए।

पार्टी भित्र सुदृढ अनुशासन चाहिएको पनि उल्लेख गरे। ओलीले नीति र विधिको पार्टी हुनै नसक्ने बताए।

उनले पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरूको पालना कसरी हुन्छ भन्दै प्रश्न पनि गरे। त्यही अनुसार लाग्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।