काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताएका छन् ।शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको इज्जतको विषय भएकाले कानुन निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताए । उनले जुनसुकै विधेयकलाई कानुन मन्त्रालयले छिटो भन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए ।
उनले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए ।मन्त्री गुरुङले चालु अधिवेशन कात्तिकको १४ गतेसम्म चल्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन् : कानुनमन्त्री गुरुङ