सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १३ : २९
सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ अन्तरर्गत रहेको सेती पुल छेउमा नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताएका छन् ।

बेपत्ता हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्ला बजार बस्ने वर्ष ८ की खुसी प्रजापति र सोही ठाउँ बस्ने साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजी कार्यका लागी सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएको प्रहरीले जनाएको छ । घटना बिहान ११ बजेर ३५ मिनेटमा भएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस