काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ ।
आज बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए ।
अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ ।
महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना
बुद्धमाई अस्पताललाई काठमाडौँ महानगरको १ लाख जरिवाना
बढीभाडा उठाउने र नियम विपरीत सवारी संचलनल गर्नेलाई जरिवाना
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
पानीमा किरा भेटिएपछि किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना
बासी खानेकुरा बेच्ने धादिङको एक होटेललाई दुई लाख जरिवाना