सरसफाइमा नमूना वडा बन्दै भरतपुर २३

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, १२ : २१
सरसफाइमा नमूना वडा बन्दै भरतपुर २३

भरतपुर । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को तयारी अन्तिम चरणमा पुर्‍याएको छ । घुमौ भरतपुर भन्ने नारालाइ अगाडि सारेर महानगरपालिकाले भ्रमण बर्ष को भब्य तयारी गरिरहेको छ । भ्रमण बर्षको पुर्बसन्ध्यामा वडा नम्बर २३ ले मिसन–२३ अभियान सुरु गरेको छ ।  वडा न २३ को २३ ठाँउमा २३ दिन सम्म लगातार तीन घण्टाका दरले टोल सुधार समितिलाई सहभागी गराएर समुदायमा जागरणसहित सरसफाइको अभियान थालनी गरिएको वडा कार्यलयले जनाएको छ । अभियानको सोमबार १० औ दिनको कार्यक्रम कृष्ण चोक परिसरमा सम्पन्न  गरिएको छ । १० औ दिनको कार्यक्रमको प्रमुख अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारी रहेका थिए। 

नगर उप प्रमुख अधिकारीले फोहोर टिप्दै भने, सरसफाइको सवालमा तल्लो तह टोल बिकास सस्थाहरु नै गम्भीर हुन आबश्यक छ । यो त वडा न २३ ले गरेको एउटा उदाहरण मात्रै हो, साच्चिकै भरतपुर भ्रमण २०२४ सफल बनाउने हो भने सबै वडाहरु दृढ सकल्पका साथ यस्ता अभियानहरुमा जुटन आबश्यक छ' । यो भ्रमण बर्षलाई सबैले अपनत्व हुने गरि लिन जरुरी छ उनले भने ।

भ्रमण बर्षको नाममा तछाड मछाड हुने गरि अनावश्यक क्रियाकलापहरु भइरहेको प्रती सकेत गर्नुहुदै नगर उप प्रमुख अधिकारीले भने,  ‘यस्ता खालका शैलीबाट तपाइँ हामी सबै पछि हटन आबश्यक छ ।’ भ्रमण बर्षलाई भब्य रुपमा सफल बनाउन बिकृती बिसगतिका विरुद्धमा लाग्न र सचेत रहन पनि आग्रह गरे।

घरघरबाट फोहोर व्यवस्थापनको नियमित अभ्यासलाई जागरुक गराई सचेत गराउन वडा कार्यालय लागिपरेको वडाध्यक्ष दीक दवाडीको भनाइ छ । अभियानअन्तर्गत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ भने फोहोर व्यवस्थापनमा लापरवाही गर्नेलाई जरिवानाको व्यवस्था गरिएको र त्यसका लागि तीन सदस्यीय मूल्याङ्कन समिति बनेको अध्यक्ष दवाडीको भनाइ छ ।

वडा सदस्य विनु दराईको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने र फोहोर गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने मूल्याङ्कन समिति संयोजक दराईले बताइन् । 

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गर्ने काम भइरहेको छ । वडामा २० वटा टोल विकास संस्था, छवटा विद्यालय र तीनवटा सामुदायिक वन छन् । टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्नका लागि छुट्टाछुट्टै तालिका नै बनाएर काम अगाडि बढाइएको छ ।  

गत असोज ६ गते बाट शुरु भएको मिसन २३ अभियान २८ गते पछि समापन हुने छ । गत असार २० गते वडा न २३ लाई  तेस्रो बालमैत्री वडाको रुपमा घोषणा समेत गरिसकिएको छ । आर्थिक बर्ष २०८३र०८४ सम्ममा महानगरका २९ वटै वडालाइ बालमैत्रि बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुदे घोषणापत्र समेत जारी गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस