काठमाडौँ । नेपाल मेडिकल काउन्सिले गत असोज १० गतेदेखि १२ गते सम्म लिएको डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण भएका छन् ।
काउन्सिलले आइतबार सूचना जारी गर्दै ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकलतर्फ १४ सय ९१ र डेण्टलतर्फ ३२० गरी १८ सय ११ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलतर्फ ६६२ र डेण्टलतर्फ १७१ जना उर्तिण भएको जनाएको छ ।
यो नतिजा समग्रमा ४६ प्रतिशत रहेको पनि काउन्सिलले जनाएको छ । त्यस्तै यसअघि जेठ १७ देखि १९ सम्म सञ्चालन भएको ६६ औं परीक्षामा ३८ दशमलव ३९ प्रतिशत परीक्षार्थी उतिर्ण भएको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देव नियुक्त