बच्चा जन्माउन साइकल चलाएर अस्पताल पुगिन् मन्त्री !

एजेन्सी

सोमबार, ०४ भदौ २०७५, १५ : ११
बच्चा जन्माउन साइकल चलाएर अस्पताल पुगिन् मन्त्री !

अाफ्नाे पहिलाे बच्चालाई जन्म दिन न्युजिल्यान्डकी एक महिला मन्त्री अाफैं साइकल चलाएर अस्पातल पुगेकी छिन् ।

न्युजिल्यान्डकाे ग्रिन टी पार्टीकी जुली जेन्टर गर्भवती भएकाे ४२ सातामा अस्पताल पुगेकी हुन् ।

‘कारमा धेरै मानिसका लागि ठाउँ थिएन,’ उनले भनेकी छिन्, ‘त्यसैले साइकलमा अाएँ ।’

पतिसँगकाे फाेटाे इन्स्टाग्राममा राख्दै जेन्टरले लेखेकी छिन्- अाइतबारकाे सुन्दर बिहानी ।

यही वर्ष न्युजिल्यान्डमा प्रधानमन्त्री जेसिन्दा अार्डर्नले पनि प्रधानमन्त्रीकाे पदमा भइरहँदा सन्तान जन्माएकी थिइन् । प्रधानमन्त्री कार्यकालमा बच्चा जन्माउने उनी दाेस्राे महिला हुन् ।

प्रधानमन्त्री जेसिन्दा र मन्त्री जेन्टर दुवैले अकल्यान्डकाे सिटी अस्पताललाई सन्तान जन्माउन राेजे ।


३८ वर्षकी जेन्टर न्युजिल्यान्डकी उप यातायात मन्त्री हुन् । र, उनकाे साइक्लिङप्रतिकाे प्रेमबारे यसभन्दा अगाडि पनि बारम्बार चर्चा भएकाे छ ।

जुली जेन्टरले अाइतबार राखेकाे इन्स्टाग्राम पाेस्टमा लेखेकी छिन्- हामीलाई शुभकामना दिनुहाेस् । मैले र मेराे पतिले साइक्लिङलाई छान्याैँ किनकी कारमा सबैका लागि बस्न ठाउँ थिएन । तर, यही कारणले म राम्राे मुडमा छु ।

उनले गत साता अाफूले साइकल नचलाएकाे अफसाेस पनि महसुस गरेकी छिन् । उनले भनेकी छिन्- सायद मैले गत साता पनि साइकल चलाउन पर्नु थियाे, बच्चा जन्माउन सजिलाे हुने थियाे ।

अमेरिकामा जन्मिएकी जेन्टरले इन्स्टाग्राममा थप लेखेकी छिन्- हामीले हाम्राे साइकलमा अब अर्काे एउटा सिट लगाउन जरुरत भइसकेकाे छ ।

जुली जेन्टरले बच्चाका लागि तीन महिने बिदा पनि लिँदैछिन् ।

न्युजिल्यान्डमा पहिलाे पटक सन् १९७० मा एक महिला सांसद्ले अाफ्नाे कार्यकालकाे समयमा नै बच्चालाई जन्म दिएकी थिइन् । सन् १९८३ मा एक महिला नेता कामकाे समयमा नै बच्चालाई स्तनपान गराएकाेमा चर्चामा अाएकी थिइन् ।

सन् २०१६ मा मात्र अष्ट्रेलियाले अाफ्नाे नियम बदलेर महिला नेताहरुलाई संसद्‌मा नै बच्चाहरुलाई स्तनपान गराउने अनुमति दिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस