जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, १९ : ००
जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो हो : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढीरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताए
 । उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको बताए।

उनले भने, ‘मुस्लिम दाजुभाइहरुले एक भएर अघि बढे भने मलाई विश्वास छ, अवश्य नै कति साथीहरु चुनावमा मज्जाले जितेका छन् । धेरै साथीहरु चुनाव जितेका छन् । भोलि पनि जित्न सक्छन् । अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ । अहिले मान्छेले बुझेका छन् । हिजो अस्ति जातको कुरा भएपनि अब सबै हटिसकेको छ । जो विज्ञ छ, सेवा गर्छ,सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ । यो राम्रो कुरा हो । जनताले जाति भन्दा पनि देशलाई सहयोग गर्नुभएको ।’

सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसावले आरक्षण गरेको बताए।
 

प्रतिक्रिया दिनुहोस