काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार जारी जारी रहने भएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेसँगै सो दिनको बैठक सकिएको छ ।
तर, बोल्ने नेताहरु अझै बाँकी रहेपनि बैठक सोमबार पनि निरन्तर रहने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेमा असोज ४ देखि जारी रहेको छ।
आइतबारको बैठकमा ३२ जना केन्द्रीय सदस्यहरु अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला (पौडेल), राजीव ढुंगाना, राजेन्द्रकुमार के।सी।, विनोदकुमार चौधरी, ई मोहन आचार्य, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले आ–आफ्नो धारणा राखेको पौडेलले जानकारी दिए ।
सोमबारको बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा मै बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु
उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक आज पनि बस्ने
गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने