टाटा सुमो पल्टिँदा ८ जना घाइते

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, ०७ : २०
टाटा सुमो पल्टिँदा ८ जना घाइते

काठमाडौ । बारामा टाटासुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। 

निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको टाटा सुमो बुधबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा दुर्घटनामा परेको हो। 

चालकले ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको बताएका प्रहरीले जनाएको छ। गाडी चालक निजगढ नगरपालिका-९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले पक्राउ परेको छ।  

घाइतेहरु सबै खतरा मुक्त छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस