काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङही पार्कले आज शिष्टाचार भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।
नेपालमा सञ्चालन गर्न सकिने फयाक्ट्री, सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधि सम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए ।
सो अवसरमा सामसुङका उपाध्यक्षद्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रवन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियन राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल अस्पताल भर्ना
अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गरौँ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबिच भेटवार्ता
कोप–२९ मा आज राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्दै
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबिच भेटवार्ता
राष्ट्रपति पौडेलले विजया दशमीको दिन टिका लगाइदिने