काठमाडौं। बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।
यसअघि गत असार २२ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।स्थगित भएको दुई महिनापछि बस्ने तय भएको बैठक २४ गतेका लागि सरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक १५ मिनेट बसेर स्थगित
बागमती प्रदेशसभा बैठक २९ गतेसम्मका लागि स्थगित