बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।
सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन्। प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको हो।
दुबैले उम्मेदवारी दर्ता गरेका छन्। कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन्। रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्। उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नै छैन : शेरबहादुर तामाङ
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
एमालेले बोलायो संसदीय दलको बैठक
एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी
सरकारको नीति तथा कार्यक्रम उत्साहजनक : एमाले
मधेश सरकारबाट बाहिरियो एमाले