काठमाडौँ । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताए ।
उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न उनले आग्रह गरे ।
‘आज विश्वका शक्ति राष्ट्रहरु युएसएले एमसीसी लगायतका कार्यक्रमहरु बिस्तार गरेर नेपाल जस्ता पछि परेका मुलुकहरुलाई सहयोग गर्ने कोशिस गरिरहेको छ । त्यसरी नै बिआरआई प्रोग्राम अन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले प्रोग्रामहरु लिएर आइरहेको छ’ सभामुख घिमिरेले भने, ‘नेपालले यी दुई वटै प्रोग्रामहरुबाट नेपाली जनताको हीतमा कसरी जाने ? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिनसक्छ ? यो एउटा प्रतिष्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ ।’
उनले भौगोलिक विकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए । उनले नेपाललाई वाह्य ऋणबाट मुक्त गर्नुपर्नेमा समेत जोड दिए । सभामुख घिमिरेले राजनीतिक बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताए ।
उनले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको समेत बताए । उनले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, संघीय सभावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले उत्पादनमा वृद्धि गरी देशको अर्थ व्यवस्था उच्च बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे
सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली :सभामुख घिमिरे