काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै सपना पूरा हुन लागेको बताएका छन् ।आजबाट शुरू हुन लागेको एसिया कपको तस्वीर शेयर गर्दै उनले सामाजिक सञ्जालमा नेपाली सबैलाई गर्व गर्ने ठाउँमा पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि शुभकामना व्यक्त गरेका छन् ।
‘टीभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरूको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरूको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैं रोमाञ्चकता दिन्थ्यो ।’
उनले लेखेका छतन्, ‘सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरू खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिलाजस्ता लाग्ने कौतूहलता सधैं मनमा रहन्थ्यो ।’‘यो सपना आज केही समयमा पूरा हुँदै छ ।’ उनले थप लेखेका छन्, ‘नेपाली सबैलाई गर्व गर्ने ठाउँमा पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाई अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं: बालेन्द्र शाह
गृहमन्त्री लामिछानेलाई भेट्न पुगे मेयर बालेन
मेयर बालेन्द्र शाहद्वारा मतदान बहिष्कार