‘जय हो’ भर्सेज महानगर’: फ्राईडे रिलिज

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, ११ : ००
‘जय हो’ भर्सेज महानगर’: फ्राईडे रिलिज

काठमाडौँ । ‘जय हो’ र ‘महानगर’ आज शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म हो । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रवारबाट यी दुई नयाँ फिल्म प्रदर्शनमा आएको हो । यद्यपि दुबै फिल्मले देशभरको हल भने पाएको छैन । किनभने बलिउड फिल्म ‘ड्रिम गर्ल २’ र हलिउड फिल्म ‘ग्रान टुरिस्मो’ पनि प्रदर्शनमा आएका छन् भने केही साता अगाडि रिलिज फिल्म ‘गदर २’ र ‘ओएमजी २’ पनि केही हल जारी छ ।

‘जय हो’

टेक पौरखी राईको निर्देशन रहेको फिल्म ‘जय हो’ केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय छ । फिल्म सुरज ल्वागन (सरकार) र राज के अधिकारीले बनाएका हुन् । 

प्रेमकथामा निर्माण भएको फिल्मका शोभित बस्नेत प्रस्तुतकर्ता हुन् । फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

‘महानगर’ 

मोहन राई निर्देशित ‘महानगर’ एक साँझमा दुई अपरिचित व्यक्तिको अचानक हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्म हो । फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका छ ।

सन् २०२१ मा कोलकत्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर गरिएको फिल्म अमेरिकाको ब्राकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङटन डिसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा यस फिल्मको अफिसियल स्क्रिनिङ भइसकेको छ । फिल्मले बिभिन्न चलचित्र महोत्सवमा अवार्ड समेत प्राप्त गरेको छ ।

फिल्ममा कार्म र मेनुकासँगै अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारको अभिनय छ । 

‘महानगर’ का लेखक निर्देशन राई न हुन् । नरेन्द्र मैनालीले छायाङ्कन गरेको फिल्मलाई परीक्षित झाले सम्पादन गरेका छन् । फिल्ममा किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत छ । फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस