पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम

एजेन्सी

आइतबार, २८ साउन २०८०, १० : १२
पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम

 एजेन्सी  । पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ । 

यस पछि सो सहरका करिब १४,००० मानिसहरूलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्याँस बन्द गर्न लगाइएको थियो ।

निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ । लगत्तै बम डिस्पोजल टोलीले बम निकालेर निष्क्रिय पारेको थियो । खतराको चेतावनी  सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइयो। 

पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन् । केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम बरामद भएको थियो । बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो ।

गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस