एजेन्सी । अमेरिकाको हवाई राज्यको माउ टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शुक्रवार रातिसम्मको तथ्यांकअनुसार मृतकको संख्या ६७ पुगेको माउ टापुका अधिकारीहरूले बताएका हुन् । अहिले पनि आगो निभाउने प्रयास जारी छ ।
बुधबार ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने बिहीवार थप १९ जनाको मृत्यु भएको पुष्टि भएको थियो । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको ठूलो क्षति भएको नागरिकहरुको गुनसो छ ।
डढेलोले हवाईका ग्रामिण क्षेत्रमा बढी क्षति भएको छ भने भवन, अस्पताल ध्वस्त भएका छन् । साथै सयौँ परिवार बिस्थापित भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने बित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।
सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालिएको थियो । तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने उत्तर हवाईका जनताको प्रश्न छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ साउन २०८०, १९ : १९
लेखकबाट थप