भारतको रुद्रप्रयागमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १० : १९
भारतको रुद्रप्रयागमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु

एजेन्सी । भारतस्थित रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ।

गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसेको पहिरो पन्छाउने क्रममा कार फेला परेको र त्यसभित्र ५ जनाको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ। 

जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने, ‘साँझ ६ बजे जेसीबीमार्फत पहिलो पन्छाउने क्रममा एउटा गाडी (स्विफ्ट डिजायर) फेला पर्‍यो, जसभित्र पाँच जनाको शव भेटियो। मृतकमा गुजरातका तीन र राजस्थान र उत्तराखण्डका एक–एक जना छन्।’

राजवारका अनुसार गत बिहीबार साँझ ५ बजे फाटाबाट करिब ३ किमि अगाडि तरसाली गाउँनजिकै सडक माथिबाट ढुंगासहितको पहरो गुडिरहेको गाडीमा खसेको थियो।  

प्रतिक्रिया दिनुहोस