यस्ता छन् मह खानुका फाइदा

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०७५, १२ : ३१
यस्ता छन् मह खानुका फाइदा

चितवन । मह होईन मह शब्द पनि उत्तिकै महत्वपूर्ण छ । गुलियो चिज त अरु पनि छन् । तर मान्छेले महझैँ गुलियो भनेर पुकार गर्छन् । मह गुलियो मात्र होईन, यसका थुप्रै फाईदाहरु छन् ।

महको प्रयोग हजारौँ वर्षदेखि गरिँदै आएको छ । मह आयुर्वेदिक औषधिमा समेत यसको प्रयोग हुने गर्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ ।

    -नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ ।
    -मह खानाले रुघाखोकीको समस्या अन्त्य हुन्छ ।
    -घाँटीसम्बन्धी विभिन्न समस्यासमेत समाधान गर्छ ।
    -नियमित मह खानाले मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।
    -महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।
    -स्टामीना तथा फर्टिलिटी बढाउन महको सेवन राम्रो मानिन्छ ।
    -मह खाने मानिसलाई भरपूर निद्रा लाग्ने गर्छ ।
    -पोलेको वा घाउ भएको ठाउँमा मह लगाउनाले, घाऊ निको हुन्छ ।
    -महलाई कागती पानीमा मिसाएर खाने वा यत्तिकै खाने गर्नाले छाला सफा हुन्छ ।
    -कपालको स्वास्थ्यका लागिसमेत यो महत्वपूर्ण छ ।
    -कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्छ ।
    -अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्छ ।

 

प्रतिक्रिया दिनुहोस