काठमाडौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नबिल बैङ्क लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैङ्कका रूपमा रहेको छ ।
बैङ्कले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार हाल सञ्चालनमा रहेका बैङ्कहरूमध्ये नबिल बैङ्क अगाडि रहेको छ ।
बैङ्कले गत आवको असार मसान्तसम्ममा सात अर्ब ५२ करोड ७१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्ममा बैङ्कले चार अर्ब २५ करोड ६० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । एनआइसी एसिया बैङ्कले गत आर्थिक वर्षको चौथो त्रैमासमा चार अर्ब ६५ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ । बैङ्कले प्रकाशित गरेको आव २०७९÷८० को चौथो त्रैमासको अपरिष्कृत १० प्रतिशतले नाफा बढाएको वित्तीय विवरण छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ साउन २०८०, ०७ : ४१
लेखकबाट थप