काठमाडौं । ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २६ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो ।
बैंकका अनुसार २ अर्ब रुपैयाँ नयाँ (फ्रेस) ट्रेजरी जारी गरेर बाँकी रहेको २४ अर्ब १० करोड रुपैयाँ पुरानै ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।साउन २२ गते दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले ३ बजेभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने मंगलबार साउन २३ गते हुनेछ ।
यसअघि केन्द्रीय बैंकले साउन १५ गते २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण : केन्द्रीय बैंक
केन्द्रीय बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै