जनकपुरधाम । धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीथान सामुदायिक वन जलदले खोलाको डाँडामा शुक्रबार साँझ महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।
नामथर वतन नखुलेको अन्दाजी ३५–३६ वर्षीया महिलाको शव सडिगली औंसा परी चिन्न नसकिने अवस्थामा रहेको प्रमुख प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
डोटीमा पुरुषको शव फेला
सर्लाहीमा फेला पर्यो २० वर्षीय युवकको शव
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला
बझाङमा २५ वर्षीय पुरुषको शव फेला