दोलखामा पहिरोले घर बगायो, ३ जना बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १० : ३६
दोलखामा पहिरोले घर बगायो, ३ जना बेपत्ता

File pic

काठमाडौ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन्। 

गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी नवीन बस्नेतका अनुसार घटनास्थलमा वडाध्यक्ष दावा शेर्पा पुगेका छन्।

‘त्यहाँ हतपती फोन सम्पर्क हुँदैन’, सूचना अधिकारी बस्नेतले भने, ‘विस्तृत विवरण आउन बाँकी छ।’

प्रतिक्रिया दिनुहोस