एजेन्सी । भारतको मध्यप्रदेशस्थित सतना जिल्लाको मैहरनजिकै सामूहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक भएको छ।
पीडित बालिकाको उपचार मैहरबाट ७० किलोमिटर टाढा रहेको रेवास्थित सञ्जय गान्धी मेमोरियल अस्पतालमा भइरहेको छ। त्यहाँ ७ जना चिकित्सकको टोलीले घन्टौँ शल्यक्रियापछि उनको गुप्तांगमा काठ घुसारिएका भित्री चोट धेरै भएको बताएको छ।
चिकित्सकको टोलीले बालिकाको शरीरमा दाँतले टोकिएका चिह्नहरू पनि रहेको जनाएको छ।
घटना जुलाई २७ को हो। घटनामा संलग्न आरोपमा मेहरको मन्दिरमा दैनिक ज्याला मजदुरी गर्ने रवीन्द्र चौधरी र अतुल बडोलिया नामका दुई व्यक्तिलाई पक्राउ गरिएको छ।
कतिपयले पीडित बालिका त्यही मन्दिर बाहिर भिख माग्ने गर्थिन् भनेका छन् भने कतिले उनी मन्दिर बाहिर फूल बेच्ने गर्थिन् भनेका छन्।
प्रहरीका अनुसार घटनाबारे जुलाई २० का दिन जानकारी प्राप्त भएको हो। जंगलमा २० घण्टासम्म बेहोस अवस्थामा रहेकी बालिका कुनै स्थानीय महिलाको सहयोगमा आफ्नो गाउँसम्म पुगेकी थिइन्। त्यसपछि प्रहरीले घटना थाहा पाएको थियो।
स्थानीय प्रशासनले जुलाई २९ तारिख अभियुक्तको घर बुलडोजरले भत्काएको थियो। घर भत्काउन गएका उपडिभिजन अधिकृत सुरेश यादव र उप डिभिजन प्रहरी अधिकृत लोकेश डावरले दुवै अभियुक्तको घर सरकारी जग्गामा अवैध रूपमा बनेको बताएका छन्।
यस घटनामा मुख्यमन्त्री शिवराज सिंह चौहानले भनेका छन्, ‘मैहरमा छोरी बलात्कारमा परेको सूचना पाएको छु, मेरो मन दुखेको छ, म निकै दुःखी भएको छु।’
‘अपराधीलाई कुनै हालतमा नछाड्न प्रहरीलाई निर्देशन दिएको छु। प्रहरीले अपराधीलाई पक्राउ गरिसकेको छ। छोरीको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको छु। अपराधीलाई छाडिने छैन, कडाभन्दा कडा कारबाही हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार