बैठकमा धेरै आलोचना नभएको भन्दै देउवाले दिए नेताहरुलाई धन्यवाद

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, १९ : ४७
बैठकमा धेरै आलोचना नभएको भन्दै देउवाले दिए नेताहरुलाई धन्यवाद

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धेरै नै आलोचना हुन्छ भन्ठानेको भएपनि सोचेजती आलोचना नभएको बताएका छन् ।

कार्य समितिको बैठक समापनमा बोल्दै देउवाले सोचेजती आलोचना नभएको भन्दै नेताहरुलाई धन्यवादसमेत दिए । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने,‘सबैले धेरै महत्वपूर्ण विषय राख्नुभयो । धेरै आलोचना हुन्छ भन्ठानेको थिएँ तर, भएन । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस