पहिरोले घर पुर्दा बैतडीमा आमाछोराको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, ०९ : ३८
पहिरोले घर पुर्दा बैतडीमा आमाछोराको मृत्यु

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका वडानम्बर–२ को भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ ।

गएराती खसेको पहिरोले घर पुरिदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ बर्षका छोरा रिजन जागरीको मृत्यु भएको हो । अञ्जुका श्रीमान गोब्बर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । 

स्थानीय र प्रहरीले गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस