काठमाडौं।बूढानीलकण्ठ नगरपालिका नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले सबै सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि सोही कार्यविधिको दफा १८ बमोजिम दरखास्त आह्वान गरिएको नगरपालिकाले जनाएको छ ।साउन १७ गते कार्यालय समयभित्र फाराम भरेर आफै उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।
त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १४ : ४०
लेखकबाट थप