लम्पी स्किनबारे सरकार उदासीन भयोः सांसद गिरी

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, १५ : १४
लम्पी स्किनबारे सरकार उदासीन भयोः  सांसद गिरी

काठमाडौं।नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्पी स्किनप्रति सरकार उदासीन रहेको आरोप लगाएका छन् ।शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लम्पी स्किन रोग ८ लाख पशुचौपायामा फैलिएको र २७ हजार पशुचौपाया मरिसक्दा पनि सरकारले रोकथामका लागि पहल गर्न नसकेको आरोप लगाए ।

‘रोपाइँको बेला छ। गोरु बिरामी भएकाले खेत बाँझै छ। ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्,' उनले भने, 'बेलैमा रोकथाम नगर्ने हो भने २५ लाख पशुचौपाया संक्रमित हुने र १ लाख पशु मर्ने विज्ञहरूले बताइरहेका छन् ।

लम्पी स्कीनको विकराज स्थिति भएको छ । ३७ अर्ब बराबरको क्षति हुँदा समेत सरकार उदासिन देखिएको छ ।'उनले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस