राष्ट्रपति निवास परिसरमा चौतारो र पोखरी निर्माणको शुभारम्भ

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, १६ : ४७
राष्ट्रपति निवास परिसरमा चौतारो र पोखरी निर्माणको शुभारम्भ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय परिसरभित्र चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार बिहान कार्यालय परिसरभित्र वर–पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन् ।

राष्ट्रपति पौडेलले वर–पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगतै निर्देशन दिएका थिए ।

 

सोहीअनुरूप उनले बिहीबार पूजा अर्चनासहित वर–पीपल रोपेका हुन् । उनले राष्ट्रपति भवनको पश्चिमपट्टीको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपेका हुन् । सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस