लमजुङ। झाडापखालाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप परियारकाे झाडापखालाबाट मृत्यु भएकाे हाे।
बालकलाई साेमबारदेखि झाडापखला लागेकाे आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताइन् ।
`बाबु हिजाेदेखि झाडापखलाले बिरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन, `बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्याे ।´
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी
ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ